ओखलढुंगा जिल्लाको विकासमा नदी नालाहरु
प्रमुख नदी नालाहरु ओखलढुङ्गांमा पाइने नदी नालाहरु प्रकृतिका वरदान नै हुन। किनकी त्यहाबाट जलबिद्युत उत्पादन गर्नेसकिन्छ, माछापालनदेखि याटिक्गं पनि गराउन सकिन्छ, दुधकोसी, सुनमकोसी, लिखु, मोलुगं, ठोटने, लिस्ने, सेर्ना, बागें खोला खानी खोला, ढाड खोला, पंखु खाला, एलुगं खोला, लिम्फु खोला, साल्पु खोला डुडे, जुगे चोक्टि मंगला, आधेरी, पाताले, सप्ली र खार्ने, ओखलढुङ्गांका चर्चित खोला तथा नदी हुन्। यहाका नदी खोलाबाट ठूलो मात्रामा नभएर पनि लघुजलविद्युत निकाल्न सक्ने प्रचुर संभावना छ। लिखु दुधकोसी र सुनकोसीबाट त सयौ मेगावटको विद्युत उत्पादन गर्न सकिन्छ। एउटा नदि वा खोलाबाट मात्र होइन दर्जनौ जलविद्युत सञ्चालन गरी विद्युत उत्पादन गरेको खण्डमा ओखलढुङ्गांबाट उत्पादित विद्युतले सिंगों नेपाललाई झलमल्ल पार्न सक्छ। त्यसबेला ओखलढुङ्गां जिल्लाको परिचय नै नेपालको लागि विश्वमा काफी हुन सक्छ।
पोकली झर्ना
नेपालकै दोश्रो अग्लो धार्मिक र पर्यटकीय महत्व बोकेको चर्चित पोकली झर्ना यही जिल्लामा पर्छ, १३१ मिटर अग्लो यो झर्ना बाहेक रातमाटे (१११ मि।) पनि यही जिल्लामा पर्छ। अन्य झर्नामा सेप्ली ढिकुरे सेर्ना, सेलेले र न्याउले जस्ता अन्य झर्नाहरु पनि पर्छन, तर पोकली झर्नाको आफ्नै विशेष खालको एतिहासिक महत्व छ। पोकली झर्नाको बारेमा धेरै कुराहरु सञ्चारमाध्यममा आएका छन्। तर, जति प्रचार गरिएको यो कदापी पुरा हुन सक्दैन। यसबारेमा तल उल्लेख गरिन्छ। नेपालका प्रमुख झर्नाहरु माथि उल्लेखित झरनाहरुमध्ये अहिलेसम्म सबै भन्दा बढी पत्र पत्रिकामा छाएको भनेको पोकली झरना हो। पोकली झरनासग मेरो वाल्यकालदेखिको सम्बन्ध छ।
केही साथिहरुको पहलमा पोकली झर्ना सेवा समाज, आश्रम नेपाल, ओखलदुङा ड्ट ओरजी नामक सामाजिक संस्था दर्ता गरी काम गर्दैछौ। हुन त ओखलढुगां भित्र गाविसको भन्दा सामाजिक संस्था (एन्जिओको) संख्या बढी छ । अन्तराष्टिय गैर सरकारी संस्था (आइएनजीओ) १० वटा अन्य जिल्लामा दर्ता भई ओखलढुङ्गामा कार्यरत एनजिओ ९ वटा र जिल्ला प्रशासन कार्यालय ओखलङ्ढुगा दर्ता भई क्रियाशील संस्था ६८ वटा छन्। यो २०५९/६० को राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्क हो। कुल ५६ गाविस रहेको ओखलङ्ढुगाका ४० वटा गाविसमा आज पनि बाटो छैन पक्की त परै जाउँ कच्चि समेत पुगेको छैन। जिल्ला स्वास्थ्य कार्यालयमा एक जना डाक्टरको दरवन्दी छ। अनमी १५ र स्वस्थ्य सहायकको संख्या ४८ छ। तै पनि अधिकांश यिनिहरु सदरमुकाम वा सुविधा पाइने ठाउमा मात्र बसेका छन्। नेपाल स्वीस सामुदायिक वन परियोजना आइएनजिओले अहिलेसम्म के गर्यो भनेर कसैले भन्न सत्तै्कन। जबकी उसले चाहने र गर्न सक्ने हो भने वनजंगल आधारित विभिन्न परियोजनाहरु सञ्चालन गर्न सक्छ। दोलखा जिल्लामा गर्ने संस्थाले ओखलढुङ्गामा चै किन हात नहालेको ? ग्रामीण उर्जा विकास र नेपाल रेडक्रस सोसाइटी पनि त्यहा कार्यरत छन्। अहिले जनता सात दिनको बाटो लगाएर जुकाको औषधी किन्न सदरमुकाम धाउनु पर्ने अवस्था छ। उर्जाको कुरा गर्दा लेकाली भेगका जनता दियालोको भरमा र अन्य क्षत्रका टुकी युगकै अवस्थामा छन् ब्रिटेन नेपालमेडिकल टस्टले आजसम्म ५००–१००० जति सिटामोल र केहि सय ढाल बाडेको वाहेक अरु केहि नगरेको पिडितहरुको दुखेसो छ। यदि सामाजिक संस्था मिलेर, मनमा पवित्र भावना राखेर काम गर्ने हो भने प्रत्येक महिना नया नया विकास परियोजनाहरु सञ्चालन गर्न सकिन्छ। यसको लागि वैज्ञानिक र समाजिक सम्भावना छन्।