जिल्लाको परिचय
ओखलढुंगा नेपालको एक जिल्लाको नाम हो। यो जिल्ला नेपालको पूर्वाञ्चलमा पर्दछ।
प्रभाव
महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुंगा रहेको जनविश्वास छ ।
मल्लकालीन समयमा राजा लक्ष्मीनरिसंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले किराँतहरुलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटी खाएकाले त्यही ढुगाको ओखलको नामले यस ठाउँको नाम ओखलढुगा रहन गएको हो भन्ने जनश्रुति पाईन्छ । उक्त ढुगाको ओखल हालको ओखलढुंगा जिल्ला अन्तर्गत ओखलढुंगा गा.वि.स. वडा नं. ६ मा सिध्दिचरण पार्क संगै जो सुकैले अवलोकन गर्न सक्ने गरी सुरक्षित रुपमा राखिएको छ ।
जिल्लाको ईतिहास
यस भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँतवंशीले राज्य गरेको पाईन्छ । वाल्लो किराँत भनिने यस क्षेत्रमा किराँतीलाई लखेटी मल्लहरुले शासन गरेको कुरा इतिहासमा उल्लेख छ । श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नं. ओखलढुगाको नामले यस जिल्लाको जन्म भएको हो । वि.सं. २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु ओखलढुगा र खोटाङ्ग जिल्लाहरु पूर्व ३ नं. ओखलढुगामा पर्दथे ।
प्रमुख नदी नालाहरु ओखलढुङ्गांमा पाइने नदी नालाहरु प्रकृतिका वरदान नै हुन। किनकी त्यहाबाट जलबिद्युत उत्पादन गर्नेसकिन्छ, माछापालनदेखि याटिक्गं पनि गराउन सकिन्छ, दुधकोसी, सुनमकोसी, लिखु, मोलुगं, ठोटने, लिस्ने, सेर्ना, बागें खोला खानी खोला, ढाड खोला, पंखु खाला, एलुगं खोला, लिम्फु खोला, साल्पु खोला डुडे, जुगे चोक्टि मंगला, आधेरी, पाताले, सप्ली र खार्ने, ओखलढुङ्गांका चर्चित खोला तथा नदी हुन्। यहाका नदी खोलाबाट ठूलो मात्रामा नभएर पनि लघुजलविद्युत निकाल्न सक्ने प्रचुर संभावना छ। लिखु दुधकोसी र सुनकोसीबाट त सयौ मेगावटको विद्युत उत्पादन गर्न सकिन्छ। एउटा नदि वा खोलाबाट मात्र होइन दर्जनौ जलविद्युत सञ्चालन गरी विद्युत उत्पादन गरेको खण्डमा ओखलढुङ्गांबाट उत्पादित विद्युतले सिंगों नेपाललाई झलमल्ल पार्न सक्छ। त्यसबेला ओखलढुङ्गां जिल्लाको परिचय नै नेपालको लागि विश्वमा काफी हुन सक्छ।
पोकली झर्ना
नेपालकै दोश्रो अग्लो धार्मिक र पर्यटकीय महत्व बोकेको चर्चित पोकली झर्ना यही जिल्लामा पर्छ, १३१ मिटर अग्लो यो झर्ना बाहेक रातमाटे (१११ मि।) पनि यही जिल्लामा पर्छ। अन्य झर्नामा सेप्ली ढिकुरे सेर्ना, सेलेले र न्याउले जस्ता अन्य झर्नाहरु पनि पर्छन, तर पोकली झर्नाको आफ्नै विशेष खालको एतिहासिक महत्व छ। पोकली झर्नाको बारेमा धेरै कुराहरु सञ्चारमाध्यममा आएका छन्। तर, जति प्रचार गरिएको यो कदापी पुरा हुन सक्दैन। यसबारेमा तल उल्लेख गरिन्छ। नेपालका प्रमुख झर्नाहरु माथि उल्लेखित झरनाहरुमध्ये अहिलेसम्म सबै भन्दा बढी पत्र पत्रिकामा छाएको भनेको पोकली झरना हो। पोकली झरनासग मेरो वाल्यकालदेखिको सम्बन्ध छ।
केही साथिहरुको पहलमा पोकली झर्ना सेवा समाज, आश्रम नेपाल, ओखलदुङा ड्ट ओरजी नामक सामाजिक संस्था दर्ता गरी काम गर्दैछौ। हुन त ओखलढुगां भित्र गाविसको भन्दा सामाजिक संस्था (एन्जिओको) संख्या बढी छ । अन्तराष्टिय गैर सरकारी संस्था (आइएनजीओ) १० वटा अन्य जिल्लामा दर्ता भई ओखलढुङ्गामा कार्यरत एनजिओ ९ वटा र जिल्ला प्रशासन कार्यालय ओखलङ्ढुगा दर्ता भई क्रियाशील संस्था ६८ वटा छन्। यो २०५९/६० को राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्क हो। कुल ५६ गाविस रहेको ओखलङ्ढुगाका ४० वटा गाविसमा आज पनि बाटो छैन पक्की त परै जाउँ कच्चि समेत पुगेको छैन। जिल्ला स्वास्थ्य कार्यालयमा एक जना डाक्टरको दरवन्दी छ। अनमी १५ र स्वस्थ्य सहायकको संख्या ४८ छ। तै पनि अधिकांश यिनिहरु सदरमुकाम वा सुविधा पाइने ठाउमा मात्र बसेका छन्। नेपाल स्वीस सामुदायिक वन परियोजना आइएनजिओले अहिलेसम्म के गर्यो भनेर कसैले भन्न सत्तै्कन। जबकी उसले चाहने र गर्न सक्ने हो भने वनजंगल आधारित विभिन्न परियोजनाहरु सञ्चालन गर्न सक्छ। दोलखा जिल्लामा गर्ने संस्थाले ओखलढुङ्गामा चै किन हात नहालेको ? ग्रामीण उर्जा विकास र नेपाल रेडक्रस सोसाइटी पनि त्यहा कार्यरत छन्। अहिले जनता सात दिनको बाटो लगाएर जुकाको औषधी किन्न �&c
प्रभाव
- कवि सिद्धिचरण श्रेष्ठले आफ्नो प्रसिद्ध कविता "मेरो प्यारो वखलढुंगा" यही जिल्लाको नामबाट श्रृजना गरेका हुन्।