हाम्रो प्यारो ओखलढुंगामा
बहुप्रतिक्षित संविधानसभाको निर्वाचन २०६४ को मिति नजिकिदै थियो । विभिन्न जिल्लाहरूबाट काठमाडौं आई विभिन्न पेशा व्यवसाय गर्दै उपत्यकामा रहेका गणतन्त्रप्रेमीहरूको साझा संगठन गणतान्त्रिक मञ्चमार्फत पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाइ जिल्ला फर्काउने क्रम जारी रहृ्यो । अन्तिम डफ्फाका साथीहरू पठाउने चााजोपाँजो मिलाएर आफू पनि चैत २३ गते बिहान एयरपोर्टतर्फ लागें । लामो समयसम्म शारीरिक गडबडीको कारण शरीर धराप भइसकेको थियो । तसर्थ पनि बसद्वारा लामोयात्रा गर्नु असम्भव भएको कारण प्लेन चढ्नु मेरो बाध्यता थियो । निर्धारित समयमै एयरपोर्ट पुगेता पनि करिव दुई घण्टा ढिलो गरी ११ : १८ बजे यति एयरलाइनको ट्वीनेटर जहाजले रुम्जाटारको निम्ति गौचरणबाट पखेटा उचाल्यो । जहाजले पखेटा उचाल्नै लाग्दा मोबाइलमा फोनको घण्टी बज्यो । कस्को रहेछ ? हेर्न नपाउँदै छिमेकीहरूको कठोर भनाइको सामना गर्नु पर्यो । फोन उठाउने त कुरै छाडौं हतारहतार स्वीच अफ गरेर खल्तीमा राखियो । जहाज बौद्घको माथिमाथि, चागुनारायण हुँदै नगरकोटको नजिकैबाट उपत्यका पार गर्यो । अनि काभ्रेको कुन्ताबेशी हुँदै पाँचखालतर्फ हानियो । मैले तलतल देखिएका बस्तीहरूलाई चिहाउन थाले । बस्तीभित्रका झुप्राहरूलाइ नियाल्न थाले । अनेकोट, तीनपीप्ले, तिमाल पाँचखाल व्यारेक, महाभारत डाँडा, ......सबै बस्तीहरू छर्लङग देखिए । अनेकोट ? ढकक्क जीउ फुल्यो । २०५५ चैत ५ गते म जिरीबाट काठमाडौं आउदै थिएँ । बाटोमा दंगा प्रहरीका थुप्रै हुलहरू भेटिए । ममा थुप्रै कौतुहलता र आशंकाहरू जन्मिए पनि विषय आफैमा अनुत्तरित नै रहृ्यो । काठमाडौं आइपुगेपछि मात्र थाहा भयो अनेकोटमा च्याङवा लामा, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठलगायत सात जना जनकलाकारहरूलाई दुश्मनले घर घेरा हाली ज्युादै आगो लगाई क्रुरतापूर्वक हत्या गरिएछ । त्यही ठाउँ जुन मैले देखें, गरिब दुःखी झुप्राको कथा व्यथाहरूलाई बाँसुरी र मादलको भाकामा गाउँदै बजाउँदै हिंड्ने निरपराध सुरिला गलाहरूमा संगीन घोचेर क्षतविक्षत पारी हत्या गरिएको ठाउँ हो अनेकोट । त्यसैगरी तीनपिप्ले भिमखोरी मोर्चामा शहादत हुने आदरणीय महान सहिद क.धर्मलगायत थुपै्र योद्घाहरू जन्माउने गाउँ । नेपाली जनक्रान्तिको अभियानमा भीषण प्रतिरोध र वीरता बोकेको ठाउँ । अनि पाँचखाल ब्यारेक, मैना सुनुवारको फक्रदै गरेको यौवन लुछी दर्जनौ शाही आततायीहरूद्वारा सामूहिक बलात्कार पछि क्रूर हत्या गरिएको ठाउँ \"नरबधशाला\" हो पाँचखाल व्यारेक । वीरता र जनप्रतिरोधका थुप्रै उदाहरणहरू छन् ती वस्तीहरूमा । त्यसैले भन्न मन लाग्छ, रगत रोपेर रक्तबिज फलाउने योद्घाहरूको ठाउँ ।
सुनकोशी बारीको सबै भूगोललाइ जबर्जस्त पछाडि धकेल्दै जहाज सुनकोशी माथिमाथि उड्दै थियो, मेरा आँखाहरू सिन्धुपाल्चोकको सँगाचोक हुँदै चौतारासम्म नियाल्न पुग्छन् । त्यही त हो महान सहिद देवलाल श्रेष्ठ -कमरेड बसन्त)को गाउँ । क.बसन्त, जसलाई २०५५ सालको पुस अन्तिम साता उदयपुरको तावाश्रीमा दुश्मनले घेराहाली हत्या गरेको थियो । पूर्वी पहाडी पाखाहरूमा क.बसन्तसँगै रातिराति हिंडेका क्षणहरू अँधेरी रातमा झुप्राहरूमा जनताको गीत गाउँदै नाचेको क्षणहरू सम्झनाको तरेलीमा ताजै छ । हो, म त्यही अतीतको क्षणमा डुब्न पुग्छु । जहाज अघि बढ्दै थियो । कात्तिके देउराली, मादनकुडारी चौरीपोखरी, बेथान, लखनपुर, टोकरपुर गुन्सी भदौरेलगायत जनयुद्घका ऐतिहासिक किल्लाहरू छर्लङ्ग देखिन्छन् । बेथान र चौरीपोखरीको सम्बन्ध नजिकको सम्बन्ध मात्र होइन एकअर्कोमा पुरक, अत्यन्तै भावनात्मक र आत्मीय पनि छ । तीर्थ गौतम, नवीन गौतम, कमला शर्मालगायत योद्घाहरू जन्माउने ठाउँ, अनि जनयुद्घको प्रथम ऐतिहासिक फौजी कारबाही सफल भएको ठाउँ बेथान । महान मान्छेहरूले वीरताको इतिहास लेखेको ठाउँ । गर्वले छाती फुल्यो, श्रद्घाले शीर झुक्यो पुनः एकपटक सलाम गरें बेथानको वीरतालाइ मुठ्ठी कसेर । जहाज आप\\mनै गति र बेगमा छ । उत्तर तर्फ हुस्सु र कुहिरो भागीसकेतापनि कुहीरोका फाल्साहरू यदा कदा दौडीरहेका थिए । मेरा अँाखाहरू पटक पटक हीम श्रृ्रङखलाहरूलाई नियाल्दै फेरि तल-तल खांेचमा आइपुग्छन । जहाजको गतिसंगै शैलुङ डँाडाले गौरीशंकर हिमाललाई आफ्नो कदभित्र लुकाई सक्दा आँखाहरूले दोरम्बाको माथीबाट मेलुङ डाँडा नियाल्न पुग्छन । मेलुङ डाँडा अर्थात मेलुङमोर्चा । २०५६ साल मंसीर १८ गते राती शैलुङ डाडाले प\\mयाकेको चिसो सीरेटोको झोक्का संगै दुश्मनको क्याम्पमाथी बम गोला वर्षाइरहदा कमरेड शर्मा र कमरेड बिशाल ले उच्च शाहदत प्राप्त गरेको ठाउँ । अनि दोरम्बा , दोश्रो पटक युद्घबिराम भएर शान्ति वार्ता भइरहदा बाबुलाल तामाङ कमरेड पुष्प कमरेड रक्तिम लगाएत २१ जना होनहार योद्घाहरूलाई शाही आततायी सेनाहरूले गाँउ घेराहाली कब्जामा लीइ सामुहिक रूपमा बिभत्स हत्या गरेको ठाउँ । मेरो दीमागमा शर्मा र बिशाल अनि दोरम्बा हत्याकाण्डका सहिदहरूको ज्यूदो तस्विर नाँच्न थाल्यो । श्रदाले शिरझुक्यो भावनाले छाती निचोरीयो,पिंडाले गला अबरुद्घ बन्यो अनि फेरि आक्रोशले नसा-नसामा रगत सल्बलायो । यहि त हो रहेछ क्रान्तिकारी द्वन्द्ववाद अनि आँसु, हाँसो र आक्रोशको त्रिवेणी ।
हुन त त्योभन्दा ठीक १७ दिनअघि अर्थात चैत ६ गते पनि म त्यही रुट हुँदै रुम्जाटार गएको थिए । त्योबेला आदरणीय अविभावक क.डा.बाबुराम भट्टराई र पत्रकार दाइ मनऋषि धिताल मेरो साथमा हुनुहुन्थ्यो । त्यो रुटमा पर्नै अधिकांश भूगोलसँग मेरो पनि राम्रो चिनजान थियो । ती ऐतिहासिक ठाउँहरूको बारेमा उहाँहरूलाई चिनाउदै गएँ । उहाँहरूले पनि वडो जिज्ञासा र कौतुहलतापूर्वक नियाल्दै जानुभयो । त्यहाँको ऐतिहासिकताको बारेमा छलफल गर्दै गइयो । तर यसपटक मसँग कुनै परिचित साथी थिएन । तसर्थ पनि ध्यान अन्यत्रै मोडिन पुग्यो । स्मृतिको पानामा पुरिएका प्रत्येक क्षणहरू एकपछि अर्को गर्दै सम्झनाको तरेलीमा ताजा बनि सल्बलाए ।
अन्धकार रातमा पिठ्युमा माइन, कम्मरमा ग्रिनेट र काँधमा भरुवा बन्दुक बोकेर मुसलधारे पानी परिरहेको बेला प्लास्टिक ओढेर छामछाम छुमछुम गर्दै चिप्लो बाटो अर्धनिन्द्रमा गन्तव्यतर्फ लम्किइरहँदा दर्जनौ जुकाहरूले पैतालादेखि टुप्पीसम्म नापिसकेका हुन्थे । अनि सेकेण्डभर रोकिएर जुका छाम्न लाग्यो भने टिम डिस्कण्ट्याक भइ दुर्घटनाको मुखमा पुगेर बल्लतल्ल बाँचेको थुप्रै उदाहरण छन् । टाढाटाठासम्म टिम सम्पर्कमा जाँदा हातमा चुंगी बोकेर चुइगम पड्काउँदै, दुश्मनको आँखा छल्दै गन्तव्यस्थलमा पुग्दाको क्षण अनि दिउँसो वा राति लजिष्टिक र प्राविधिक सामानहरू ओसारपसार गर्दा कहिले ढाक्रे र भरिया त कहिले लाहुरे बनेको ती क्षणहरू सम्झदा आफैलाई भित्रभित्रै काउकुती लागेर आयो । मैले पनि ती कान्ला र पाखाहरूलाई छामेको छु । चौरिपोखरीमा सहिद स्मारक शिलान्यास गर्न जाँदा पुलाउ पनि खाएको छु । अनि शैलुङ र माहाभारतका काखका झुप्राहरूको दर्दनाक पीडा र वेदनालाई नजिकबाट सुम्सुम्याएको छु । ओहो..कति धेरै प्रगाढ वर्गीय माया र क्रान्तिकारी भावना थियो त्यो महान यात्रामा ।
ती तिनै वस्ती र झुप्राहरू हुन जसले न्याय मुक्ति र परिवर्तनको सपना देख्ने क्रममा दुश्मनका श्वेत आतंकलाई जबर्जस्त पचाउनु पर्यो । आफ्ना हजारौं सुयोग्य छोराछोरीहरू गुमाउनु पर्यो । सयौं यातनाका पीडाहरू सहनु पर्यो । त्यसैले त स्तब्धता थियो ती वस्तीहरू, लाखौं पीडा र वेदनालाई निलेर विवेकपूर्ण प्रतिरोधको तयारी गर्दै चैत २८ लाई पर्खिएर बसेका थिए । प्रत्येक डाडा, पाखा र चुचुराहरूले एउटा सामूहिक प्रतिबद्घतालाई दोहर्याइरहेका थिए ।
जहाज रामेछापको पश्चिम भूगोल पार गर्दै तामाकोशीको माथिमाथि उड्दै थियो । मेरा आँखाहरू दोलखाको मालु, सहरे, च्यामा हँुदै चेर्दुङको भित्तामा ठोकिन पुगे । च्यामा, त्यही त हो कमरेड घनिष्टको जन्मभूमि, अनि ऊ त्यो डाडा परी चेर्दुङको काखमा हो कमरेड कृपाश्वर -कृष्ण दहाल)को गाउँ माली अनि स्यावा । कमरेड कृपाश्वर दृढता, त्याग, वीरता र समर्पणको पर्याय हो । अनि रुम्जाटार मोर्चा लड्दालड्दै उच्च बलिदान गर्नुहुने कम्पनी सहायक कमाण्डर क. घनिष्ट सिद्घान्त र व्यवहार लचकता र दृढता अनि समर्पण र निष्ठाको अर्को नाम हो कमरेड घनिष्ट । प्रत्येक ठाउँहरू आ-आफ्नै विषेशता बोकेका ऐतिहासिक र अविस्मरणीय थिए । जहाज त अझ आफ्नै गतिमा हानीदै छ । जहाजको गतिभन्दा मेरो मन मस्तिष्क भित्र छचल्किएको भावनात्मक तरंगको गति हजार गुणा तीव्र बेगमा छ । धोबिडाँडालाई बाँया साइड बनाउँदै जहाज लिखुतर्फ ओरालो लागेर पुनः हृवात्तै उकालो चढ्दा आङ जिरीङग भयो । अब सुरुभयो कबि शिद्घीचरण श्रेष्ठ को \"मेरो प्यारो ओखलढंगा\" । आखलढुंगाको पश्चिमी भूगोल । पञ्चायत कालमा शाषकहरूद्घारा बेपत्ता बनाइनुभएका क्रान्तिकारी योद्घा गणेशनिधि गौतम, जनयुद्घको क्रममा बेपत्ता बनाइनुभएका दिनेश गौतम, हेमनारायण श्रेष्ठलगायत योद्घाहरू जन्मिएको ठाउँ । फासीवादी शासकहरूको बिरुद्घ लड्दालड्दै उच्च बलिदान गर्नुहुने सयौं महान् सहिदहरू हुर्किएको ठाउँ । बारुदरोपेर आगो फलाउने ठाउँ, त्यो रातो मूमि । सहिदभूमि । त्यतिबेलासम्म जहाज ऋषिचौरको माथि हुँदै ककनीको डाडामाथि उक्लियो । शायद जहाजलाई ककनी, तीनतलेलगायत डाडाहरू पार गर्न अलि बढी कठिन हुनेरहेछ क्यारे, त्यहाँ पुगेपछि जहाजको गति र अवस्था अचानक अस्वाभाविक र असामान्य बन्दा मेरो मात्र हैन, प्राय सबै यात्रुहरूको सातो पुत्लो उड्यो । आफ्नै ऐतिहासिक विशेषता र महत्व बोकेको ठाउँ हो ओखलढुगा । इतिहासमा पुरातनवादी संस्कृति र प्रतिक्रियावादी अखडाको पर्याय बनेको ओखलढुंगाको राजनीतिक शक्ति सन्तुलनमा यसपाली फराकिलो असन्तुलनको भीषण तयारीमा जुटिरहेका थिए आम आखलढुंगेली जनसमुदायहरू । न्याय, स्वतन्त्रता र मुक्तिका निम्ति टिम्बुरबोटे हत्याकाण्ड हुँदै १० वर्षे जनयुद्घको क्रममा सयौ क्रान्तिकारी योद्घाहरूको आलो रगतले रंगिएको रक्तमुछेल डाडा पाखा र गाउँवस्तीहरू राता झण्डाहरू फहराउँदै जनमुक्तिका आवाजहरू घन्काइरहेका थिए । ओखलढुंगा जिल्लालाई युगौदेखिको आफ्नो बिर्ता वा बपौती सम्झने अवसरवाद र प्रतिक्रियावादी प्रवृतिको धज्जी उडाउँदै, यसपाली परिवर्तनको नयाँ ऊर्जा र ठूलो आकांक्षा बोकेर जनता जुर्मुराइरहेको ओखलढुंगा जिल्लाको मध्यभूगोललाई ओझेल पार्दै जहाजले गोरुमारे भञ्ज्याङको माथिबाट टिम्बुरबोटेको जंगललाई चियाउँदै, सिस्ने र ठोट्ने खोलालाई फनक्क फन्को मारेर राताम्य रुम्जाटारको मैदानमा घत्रक्क पखेटा खसाल्यो । परिवर्तनको नयाँ उत्साह बोकेर म पनि विजयी अभियानमा सहभागी बनें ।