Welcome

जिल्लाको नामाकरण र जिल्लाको ईतिहास

 जिल्लाको नामाकरण

महाभारत कालमा भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुंगा रहेको जनविश्वास छ ।
मल्लकालीन समयमा राजा लक्ष्मीनरिसंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका र उनको फौजले किराँतहरुलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटी खाएकाले त्यही ढुगाको ओखलको नामले यस ठाउँको नाम ओखलढुगा रहन गएको हो भन्ने जनश्रुति पाईन्छ । उक्त ढुगाको ओखल हालको ओखलढुंगा जिल्ला अन्तर्गत ओखलढुंगा गा.वि.स. वडा नं. ६ मा सिध्दिचरण पार्क संगै जो सुकैले अवलोकन गर्न सक्ने गरी सुरक्षित रुपमा राखिएको छ ।

 जिल्लाको ईतिहास

यस भूमिमा अभिरवंशी गोपालवंशी एवं किराँतवंशीले राज्य गरेको पाईन्छ । वाल्लो किराँत भनिने यस क्षेत्रमा किराँतीलाई लखेटी मल्लहरुले शासन गरेको कुरा इतिहासमा उल्लेख छ । श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नं. ओखलढुगाको नामले यस जिल्लाको जन्म भएको हो । वि.सं. २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालका सोलुखुम्बु ओखलढुगा र खोटाङ्ग जिल्लाहरु पूर्व ३ नं. ओखलढुगामा पर्दथे । खोलानालाहरु दुधकोशी सुनकोशी लिखुखोला बग्दछन्

Post a Comment